Sunday , 22 October 2017
Home / देश / आज तराईका २० जिल्लामा सार्वजनिक विदा

आज तराईका २० जिल्लामा सार्वजनिक विदा

२३ साउन,२०७४ / खगेन्द्र खरेल
सरकारले आज तराईका केहि जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आइतबार राति अबेर एक विज्ञप्ति जारी गर्दै रक्षा बन्धन पर्वका लागि तराईका २० जिल्लामा सार्वजनिक विदा दिने निर्णय सुनाएको हो ।

विदा हुने जिल्लामा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म रहेका छन् । सार्वजनिक विदा हुने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कन्चनपुर, उदयपुर रहेका छन्।

अरु जिल्लामा भने पञ्चाङ्ग समितिको निर्णय भन्दै नागपञ्चमिको दिन नै जनै फेर्ने र रक्षाबन्धन लगाउने काम गरिएको थियो। सोमबार चन्द्र ग्रहण परेको भन्दै पन्चमीको दिन रक्षाबन्धन मनाउन लगाइएको थियो।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *