Sunday , 22 October 2017
Home / देश / राजपा नेपाल तेस्रो चरणको चुनावमा भाग लिने उपेन्द्र यादवको दाबी

राजपा नेपाल तेस्रो चरणको चुनावमा भाग लिने उपेन्द्र यादवको दाबी

२३ साउन,२०७४ / खगेन्द्र खरेल
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालले प्रदेश नम्बर २ मा हुने स्थानीय तह चुनावमा भाग लिने दाबी गरेका छन् । पाँचथरको फिदिममा सोमबार गरिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले जित्ने–हार्नेभन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हुने बताएका हुन् ।

अध्यक्ष यादवले सरकारले प्रदेश नम्बर २ को चुनाव दोस्रो चरणमै नगराएर गलत गरेको समेत बताए । ७ वटा प्रदेशको प्रादेशिक संरचनाले मुलुकमा शान्ति र स्थिरता कायम हुन नसक्ने भन्दै उनले छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

 

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *