Monday , 25 September 2017
Home / देश / लोकतान्त्रिक फोरमका सहअध्यक्षद्वारा राजीनामा

लोकतान्त्रिक फोरमका सहअध्यक्षद्वारा राजीनामा

२४ साउन,२०७४ / खगेन्द्र खरेल
उपप्रधान तथा संघिय मामिलामन्त्री विजयकुमार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीका सहअध्यक्ष रामेश्वर राय यादबले पद त्याग गरेका छन्। अध्यक्ष विजयकुमार गच्छदारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा गरेका हुन्।

राजीनामा दिनुका कारणहरु उल्लेख गर्दै उनले ८ बुँदा सार्वजनिक गरेका छन्। स्थापना कालदेखि हालसम्म पार्टी संस्थागत रुपमा अगाडि बढ्न नसकेको, निस्वार्थ भावले पार्टीमा खट्ने नेता कार्यकर्ताको भावनाको कदर नभएको, पार्टीभित्र आन्तरिक छलफल नगरी बाहिरी प्रभावमा निर्णय लादिने गरेको लगायतका आरोप उनले लगाएका छन्।

मधेसलाई आधारभूमि बनाएर गठन भएको पार्टीले मधेसका मुद्दा छोडेर सत्तामुखी भएको आरोप यादबले लगाएका छन्। एकल नेतृत्वको बोझ एवं सञ्चालनमा पारदर्शिताको अभाव रहेको आरोप उनले लगाएका छन्। महाधिवेशनको भावनाविपरित पार्टीको नाम परिवर्तन एवं पार्टीलाई जागतिगत प्रभावबाट मुक्त गराउन नसकेको उनले आरोप लगाएका छन्।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *