Tuesday , 19 September 2017
Home / देश / सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाको निर्णय

२४ साउन,२०७४ / खगेन्द्र खरेल
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा कमल थापा ग्रुपको बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टी फुटाउन सरकारले भूमिका खेलेको राप्रपाको आरोप छ ।

वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हालै मात्र राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरिसकेका छन् । करिब २२ सांसद सहित एउटा ठुलो हिस्सा लिएर राणाले अलग पार्टी बनाएका हुन् ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *