Tuesday , 17 October 2017
Home / देश / कृषियोग्य जमिन प्लटिङ गर्न प्रतिवन्ध, अनुमति बिनाका घडेरी पास नहुने

कृषियोग्य जमिन प्लटिङ गर्न प्रतिवन्ध, अनुमति बिनाका घडेरी पास नहुने

 

२६ साउन,२०७४ / खगेन्द्र खरेल
सरकारले कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गरी घडेरीका रुपमा बिक्री गर्न रोक लगाएको छ । भूमिसधार मन्त्रालयले भूमिसुधार ऐन-२०२१ बमोजिम कृषियोग्य जमिन प्लटिङ गरेर घडेरीको रुपमा बिक्री वितरण वा कित्ताकाट गर्न नपाइने निर्णय गरेको छ । अब यस्ता जग्गा पास नगर्न मन्त्रालयले मालपोत कार्यालयहरुलाई निर्देशन दिएको छ ।

कृषियोग्य जमिन सबै घडेरीका रुपमा परिणत हुनसक्ने डरलाग्दो अवस्थालाई मध्यजर गरेर यस्तो निर्णय गरिएको भूमिसुधार मन्त्री गोपाल दहितले जानकारी दिनुभयो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दहितले यो निर्देशन सबै भूमिसुधार अन्तरगतका कार्यालयलाई दिइसकेको बताउनुभयो । अब सरकारबाट अनुमति लिएर वा नलिई कृषियोग्य जमिनलाई घडेरीका रुपमा कित्ताकाट गर्न र बिक्री वितरण गर्न नपाइने भएको छ ।

यो नियम सगोलका अंशियारबीच अंशबण्डा हुँदा र अदालतबाट प्राप्त आदेशहरुमा भने लागू हुने छैन । अब कुनैपनि किसिमका जग्गा जग्गाधनीले वर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न पनि नपाउने मन्त्री दहितले जानकारी दिनुभयो ।

अनुमति नलिई जग्गा प्लटिङ गरिएको छ भने अब ति घडेरी पनि पास हुने छैन ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *