Tuesday , 19 September 2017
Home / देश / बिम्स्टेक बैठक आजबाट काठमाण्डौमा,सम्पूर्ण तयारी पुरा

बिम्स्टेक बैठक आजबाट काठमाण्डौमा,सम्पूर्ण तयारी पुरा

 

२६ साउन,२०७४ / खगेन्द्र खरेल
बिम्स्टेक बैठक आजबाट काठमाण्डौमा सुरु हुदैछ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीको प्रयास (बिम्स्टेक)को मन्त्रीस्तरीय बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा सहभागी हुन सदस्यराष्ट्रका उच्च अधिकारीहरूको आगमन भइसकेको छ भने मन्त्रीहरू बिहीबार आइपुग्ने कार्यक्रम छ ।

मन्त्रीस्तरीय बैठक हुनुअघि बिहीबार उच्च अधिकारी बैठक (एसओएम) हुनेछ । यो बैठकले मन्त्रीस्तरीय बैठकमा निर्णयार्थ पेस हुने विषयमा विस्तृत छलफल गर्नेछ । नेपालको तर्फबाट परराष्ट्र सचिव शङ्करदास बैरागीले बैठकको नेतृत्व गर्नुहुनेछ । नेपाल अहिले बिम्स्टेकको अध्यक्षराष्ट्र हो । मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बैठकको पूर्वतयारीका लागि बिम्स्टेकका महासचिव सुमित नकन्दला मङ्गलबार नै काठमाडौँ आइसक्नुभएको छ । बिम्स्टेकको १८औँ शिखर सम्मेलन पनि यसै वर्ष नेपालमा हुनेछ । बैठकमा नेपालले प्रस्ताव गर्ने सम्मेलनको मितिबारे छलफल गरेर अन्तिम निर्णय गरिनेछ ।

बैठकमा सदस्यराष्ट्रबीच बलियो सम्पर्क सञ्जाल स्थापना, ऊर्जा, अन्तरदेशीय पर्यटन, वातावरण तथा प्राकृतिक प्रकोप व्यवस्थापन, गरिबी निवारण लगायतका १४ वटा प्राथमिकताका विषयमा छलफल हुनेछ ।

नेपाललगायत बङ्गलादेश, भुटान, भारत, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड सदस्य रहेको क्षेत्रीय बिम्स्टेक सन् १९९७ मा स्थापना भएको हो । बैठकमा बङ्गलादेश, भुटान, भारत र श्रीलङ्काबाट विदेशमन्त्री तथा म्यानमार र थाइल्यान्डबाट उपविदेशमन्त्रीको सहभागिता रहनेछ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *