Sunday , 24 September 2017
Home / देश / संविधान संशोधन प्रक्रिया आइतबारबाट अघि बढ्ने:जस्तो सुकै नतिजा राजपाले स्विकार्ने:राजपाले चुनावमा भाग लिने

संविधान संशोधन प्रक्रिया आइतबारबाट अघि बढ्ने:जस्तो सुकै नतिजा राजपाले स्विकार्ने:राजपाले चुनावमा भाग लिने

२७ साउन,२०७४ / खगेन्द्र खरेल
संविधान संशोधन प्रक्रिया अब अघि बढ्ने भएको छ । आइतबारको बैठकमा संसोधन प्रक्रिया प्रारम्भ हुनेछ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र राजपाबीचको बैठकमा यस्तो सहमति भएको हो ।

‘सरकार र राजपा दुवै हदैसम्म लचक भई आइतबारको संसद बैठकमा संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले बताउनु भयो। यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुनेछ ।

सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान -भोटिङ) हुनेछ । संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन । सत्तारुढ दलका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *