Sunday , 24 September 2017
Home / Uncategorized / सडक मार्गबाट आएका तिब्बत जनसरकार प्रमुखलाई ओलाङचुङका बासिन्दाले गरे स्वागत

सडक मार्गबाट आएका तिब्बत जनसरकार प्रमुखलाई ओलाङचुङका बासिन्दाले गरे स्वागत

 

२७ साउन,२०७४ / खगेन्द्र खरेल
मोटरबाटोसँग जोडिएलगत्तै गाडी चढेर ओलाङचुङगोला पुगेका तिब्बतका जनसरकार प्रमुखसहित उच्च अधिकारीलाई स्थानीय बासिन्दाले भब्य स्वागत गरेका छन् । तीब्बतसँगको सिमानाका टिप्ताला भञ्ज्याङदेखि नेपालको सबैभन्दा नजिकको गाउँ ओलाङचुङगोलासम्मको २१ किलोमिटर सडक खुलेपछि तिब्बतको रिउबाट जनसरकार प्रमुख र प्रहरी प्रमुख ओलाङचुङगोला पुगेका हुन् ।

गाउँमा गाडी चढेर पहिलोपटक पुगेका पाहुनालाई ओलाङचुङका बासिन्दाले माला लगाएर स्वागत गरे । फक्ताङलुङ गाउपालिका वडा ७ का अध्यक्ष छेतेन वालुङले ताप्लेजुङको सडकको अवस्था, यो सडक निर्माणपछिको भविष्यलगायतका बिषयमा जानकारी गराउनुभएको थियो ।

टिप्ताला भञ्ज्याङ–ओलाङचुङ्गोला सडक उपभोक्ता समिति र चिनियाँ ठेकेदार कम्पनीसँगको सम्झौता गर्दा चीनिया जनसरकार प्रमुखलाई साक्षी राखिएको थियो । आफू साक्षी बसेको सडक र उनीहरुले सडक राम्रो बनेको प्रतिकृया दिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उनीहरुले सडकबाट छिमेकी देशसँग जोडिन पाउँदा खुशी लागेको बताएका थिए ।

चीनको सिमाना तिप्तालञ्जाङबाट ओलाङचुङ्गोलासम्म २१ किलोमिटर सडक पुगेको छ । जिल्ला सदरमुकाम फुङलिङबाट पनि तापेथोकसम्म सडक पुगेको छ । त्यहाँबाट गोलाबजार जोेड्न ३८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । यो ट्रयाक खुलेपछि ओलाङचुङ गोला जिल्लासदरमुकामसँग पनि मोटरबाटोबाट जोडिनेछ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *