Tuesday , 19 September 2017
Home / देश / अविरल बर्षाले देशको पुर्बी भाग जलमग्न: २३ को मृत्यु, ४ बेपत्ता:अझै पानी पर्न सक्ने चेतावनी

अविरल बर्षाले देशको पुर्बी भाग जलमग्न: २३ को मृत्यु, ४ बेपत्ता:अझै पानी पर्न सक्ने चेतावनी

 

२८,साउन,२०७४ / खगेन्द्र खरेल
अविरल बर्षाका कारणले देशको पुर्बी तराइका जिल्ला जलमग्न भएका छन् । बिगत केहि दिन देखि आएको लगातार बर्षा र बाढी पहिरोको कारण अहिले सम्म २३ जानाको मृत्यु भएको छ भने ४ जाना बेपत्ता भएका छन् । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । बाढीका कारण सयौं परिवार विस्थापित भएका छन् ।

गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार पुर्बी तराइका झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ ।

अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो । शनिबार बिहान प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउँदा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ । बाढीका कारण इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ ।

बिराटनगर महानगरपालिका पूरै जलमग्न देखिएको छ । विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ । सिन्धुलीमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बगेका छन् । दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा घोराहीसँगको सम्पर्क विच्छेद भएको छ । बाँकेको गाँवर खोलामा आएको बाढीका कारण एकै घरका ३ सहित चारजनाको मृत्यु भएको छ । बाढीले गावर खोलाको पुलसमेत बगाएको छ ।

प्रकोपबाट पीडित बनेकाहरुको उद्धारमा सुरक्षा संयन्त्र सक्रियरुपमा खटिरहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले अझै पानी पर्ने सम्भावना भएकाले सतर्क रहन सबैमा आग्रह गरेको छ ।

(फोटोहरु:टिका गणेश)

 

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *