Tuesday , 19 September 2017
Home / विदेश / एनआरएनए इजरायलको नेतृत्वमा पहिलो पटक महिलाको उम्मेद्वारी:कडा प्रतिस्पर्धा हुने

एनआरएनए इजरायलको नेतृत्वमा पहिलो पटक महिलाको उम्मेद्वारी:कडा प्रतिस्पर्धा हुने

 

२९,साउन,२०७४ / खगेन्द्र खरेल
आगामी २६ अगष्टमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) इजरायलको नेतृत्वमा पहिलो पटक महिलाको उम्मेद्वारी परेको छ । इजरायलमा बसेर विभिन्न सामाजिक कार्यमा क्रियाशील नितु खतिवडाले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिनु भएको हो।

उहा सहित अर्को एक जना छिरिंग शेर्पाले उम्मेद्वारी दिनु भएको निर्वाचन समितिले जनाएको छ । दुवै उम्मेदवारले आफुले जित्ने दावा गरेपछि यस पटकको प्रतिस्पर्धा निकै कडा हुने बताइएको छ ।

त्यस्तै बरिष्ट उपाध्यक्षमा सीता बिस्ट र शान्ति ज्ञवालीको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । त्यसै गरि उपाध्यक्षमा गोपी गुरुङ र भृकुटी बानियाँको उम्मेद्वारी परेको छ ।

पदाधिकारीमा दुइ जनाको निर्बिरोध भएको जनाइएको छ । जसमा महिला उपाध्यक्षमा सुजाता गौतम र कोषाध्यक्षमा कादम्बरी दाना श्रेष्ट रहनु भएको छ ।
महासचिबमा तेञ्जिङ्ग शेर्पा र जिबन सुब्बाको उम्मेद्वारी परेको छ भने सचिबमा निर्मला गुरुङ र तारा देवी ढकालको उम्मेद्वारी परेको छ । त्यस्तै सह सचिबमा नुतन भुषाल र रुकमाया रेग्मी बिचमा प्रतिस्पर्धा हुदा सह कोषाध्यक्षमा सावित्रा लुइँटेल र शोभा लोहनी भिड्ने छन् ।

सदस्यहरुमा पुरुष प्रतिनिधि: नारायण थापा,महिला प्रतिनिधि: लीला कुमारी थापा मगर,सहित अन्य निलम गिरि,सकुन्तला खतिवडा,शुष्मा शाही र सावित्री खड्का निर्बिरोध चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

समन्वय परिषदमा पहिलो पल्ट दुइ जनाको उम्मेद्वारी परेको छ । जसमा एनआरएनए इजरायलका बर्तमान अध्यक्ष दिपक ओली र नेहा गुरुङ हुनुहुन्छ ।

 

 

 

 

Check Also

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

२९ भदौ / खगेन्द्र खरेल अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *