Tuesday , 19 September 2017
Home / देश / कांग्रेस कार्यसम्पादन समितिको आकस्मिक बैठक केहि बेर पछि बस्दै

कांग्रेस कार्यसम्पादन समितिको आकस्मिक बैठक केहि बेर पछि बस्दै

२९,साउन,२०७४ / खगेन्द्र खरेल
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक केहि बेर पछि बस्दैछ । बाढी पहिरो र डुबानको समस्याका बारेमा छलफल गर्न सभापति शेरवहादुर देउवाले आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो ।

बैठक दिउँसो ४ वजे प्रधानमन्त्री निवास वालुवाटरमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनु भयो । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतवार बिहान पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गर्नु भएको थियो थिए। पौडेलको आग्रहपछि सभापति देउवाले दिउँसो चार वजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो ।

मुख्य सचिव पौडेलका अनुसार बाढी पहिरो तथा मधेसमा देखिएको डुवानको समस्या समाधान र तत्काल उद्धारका बिषयमा छलफल केन्द्रित हुनेछ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *