Tuesday , 17 October 2017
Home / देश / बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या चार दर्जन नाघ्यो

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या चार दर्जन नाघ्यो

२९,साउन,२०७४ / खगेन्द्र खरेल
अविरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण मुलुकका १९ जिल्लामा हालसम्म ४९ जनाको निधन भएको गृहमन्त्रालयले जनाएको छ ।
सरकारले बाढी र पहिरो प्रभावित क्षेत्रमा औषधी सहितको स्वास्थ्य टोली पुरयाउने,यातायात सुचारु राख्ने, आपुर्ति व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिहरुको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने निर्णय गरेको छ ।

खोज तथा उद्धारका लागि हेलिकोप्टर,मोटर वोट, रयाफटिङ वोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयले प्राप्त गरेको पछिल्लो विवरण यस्तो छ
सिन्धुली ४,सुनसरी ८,बाँके ३,बारा १,सर्लाही २,मोरङ ५,धनुषा १,बर्दिया १,झापा ४,मकवानपुर २,रौतहट ८,पाँचथर १,दाङ २,पाल्पा १,कपिलवस्तु १,सुर्खेत ३,चितवन १,पाँचथर १

 

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *