Sunday , 22 October 2017
Home / देश / बाढीले झापामा ४ को मृत्यु ११ बेपत्ता:सयौं बिस्थापित:सुचना र संचार अवरुद्ध

बाढीले झापामा ४ को मृत्यु ११ बेपत्ता:सयौं बिस्थापित:सुचना र संचार अवरुद्ध

 

२९,साउन,२०७४ / खगेन्द्र खरेल
बिगत केहि दिनदेखिको अविरल वर्षासँगै आएको बाढीका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बगाएर झापामा आइतबार बिहानसम्म ४ जनाको मृत्यु हुनुका साथै ११ जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता हरिप्रसाद शर्माका अनुसार मृत्यु हुनेहरूमा शिवसताक्षी नगरपालिका–१ धरमपुरका लेखनाथ पाण्डे, झापा गाउँपालिका–२ का धनमाया घोर्साने, झापा गाउँपालिका–७ की कमला दर्लामी र कचनकवलका राम राजबंशी रहेका छन्।

झापामा ११ जना बाढीले बगाएर बेपत्ता भएका छन्। बिरिङ खोलाले बगाएर कचनकवल गाउँपालिका–३ पथरियाका राम राजवंशीका चार जनाको परिवार, झापा गाउँपालिका–२ की कमला घोर्साने, कन्काई नदीमा आएको बाढीले बगाएर बेपत्ता भएका छन्।

यस्तै झापा गाउँपालिका–२ का कालीप्रसाद राजवंशीसहित उनको चारजनाको परिवारसमेत बेपत्ता छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै झापा गाउँपालिका–७ सिमलबारीका बाबु–छोरी टेकबहादुर र खुसी दर्लामी बाढीले बगाएर बेपत्ता भएका छन्। दमकस्थित दीपिनी खोलाले बगाउँदा भारतीय नागरिक कपोस मण्डल बेपत्ता भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुई दिनदेखिको लगातार वर्षाका कारण झापाको मेची, कन्काई, बिरिङ, रतुवा, कमल, अदुवालगायतका नदीमा आएको बाढीका कारण करिब १३ सय घर–परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक संकलन भएको छ।

विस्थापितका लागि रेडक्रस, स्थानीय तह र विभिन्न संघसंस्थाले खाद्यान्नमा सहयोग गरेका छन्। उद्धारमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको छ । यस्तै, रेडक्रस र राजनीतिक दलका कार्यकर्ता पनि उद्धारमा जुटेका छन्।

विस्थापित भएकालाई विद्यालय, सार्वजनिक र सरकारी भवनमा राख्ने व्यवस्था मिलाइएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारीले बताए। झापामा खास गरि महेन्द्र राजमार्ग दक्षिणको भाग अतिनै प्रभावित भएको छ ।

लगातारको वर्षाका कारण झापामा दुई दिनदेखि विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएको छ। आपसमा सम्पर्क नभएपछि उद्धार कार्यमा कठीनाइ हुनुका साथै घटनाको सूचना लिन समस्या भएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *