Tuesday , 17 October 2017
Home / देश / अनशनरत डा.केसीको स्वास्थ्य अवस्था निकै नाजुक’

अनशनरत डा.केसीको स्वास्थ्य अवस्था निकै नाजुक’

३० साउन,२०७४ / खगेन्द्र खरेल
२२ दिनदेखी अनशनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको उनको उपचारमा संमलग्न चिकित्सकहरुले बताएका छन् । शरीरमा अक्सिजन, क्याल्सियम र पोटासियमको मात्रा कम हुँदा डा. केसीलाई बोल्न समेत समस्या भएको डा.सन्तोष क्षेत्रीले जानकारी दिए । मुटुको चालमा गडबडी भएर प्रति मिनेट घडकन २ सयसम्म पुग्ने गरेको पनि उनले बताएका छन् ।

उता डा.केसी पक्ष र सरकारबीच छलफलसमेत हुन नसकेको र सरकारी पक्षले अनशन तोडाउने पहलसमेत नगरेको केसीका प्रतिनिधि अभिशेक सिँहले बताए ।

त्यसैगरी, सोमबार (आज) डा.केसीको समर्थन तथा सरकारलाई दबाब दिनको लागि शिक्षण अस्पताल महारान्ज र न्याम्स अन्तर्गत वीर अस्पतालका आवासीय चिकित्सकहरुले संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

वीर अस्पतालबाट सुरु गरिएका प्रदर्शन वसन्तपुर पुगेर सभामा परिणत भएको नारायण कँडेलले जानकारी दिए । वीर अस्पतालका आवासीय चिकित्सक (र्‍यान)का उपाध्यक्ष डा.सरोज गिरीले अब आउने दिनमा डा. केसीको समर्थनमा सँगसँगै उभिएर शसक्त दबाबमुलक कार्यक्रम अगाडी बढाउने बताए ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *