Monday , 25 September 2017
Home / देश / आज कृष्ण जन्माष्टमी:मन्दिरमा कृष्ण भक्तजनहरुको भीड

आज कृष्ण जन्माष्टमी:मन्दिरमा कृष्ण भक्तजनहरुको भीड

३० साउन,२०७४ / खगेन्द्र खरेल
हिन्दूहरुको ठूलो चाडमध्येको एक श्रीकृष्ण जन्माष्टमी आज देशभर मनाइँदैछ । साउनको अन्तिम सोमबार पनि आजै परेकाले देशभरका कृष्ण र शिवका मन्दिरहरुमा भक्तजनको भीड देखिन्छ ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि श्रद्धालुहरुको भीड देखिन्छ । भूकम्पले क्षति पुगेको कृष्ण मन्दिरको पुनर्निर्माण भइरहेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कृष्ण भगवानको पूजाअर्चनाका लागि आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरुमा भक्तहरुको भीड लागेको छ ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेल सहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *