Thursday , 19 October 2017
Home / विदेश / चिनियाँ उपप्रधानमन्त्री वाङ याङ आज नेपाल आउँदै

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ आज नेपाल आउँदै

 

३० साउन,२०७४ / खगेन्द्र खरेल
चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार नेपाल भ्रमणमा काठमाडौं आउँदै छ । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका तहमा उच्चस्तरीय भ्रमण चीनतर्फ भइरहे पनि चीनबाट भने करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

वाङ याङ सहितको टोलि आज साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु हुनेछ । टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहनेछन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने प्रबन्ध मिलाइएको छ ।
६२ बर्से उपप्रधानमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामध्ये वाङ पनि एक हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङडोङ प्रान्तीय कमिटीका सचिवका रूपमा उनले २००७ देखि २०१२ सम्म काम गरेका थिए ।

चीन र भारतबीच डोक्लाम क्षेत्रमा उत्पन्न विवाद चर्किरहेका बेला चिनियाँ उपप्रधानमन्त्री वाङको नेपाल भ्रमण हुन लागेको हो । तत्कालीन चिनियाँ प्रधानमन्त्री बेन जिया बाओले सन् २०१२ जनवरीमा नेपाल भ्रमण गरेयता चीनबाट मन्त्री स्तरभन्दा माथिल्लो तहको भ्रमण भएको थिएन । सन् २०१६ अक्टोबर अन्तिम साता चिनियाँ राष्ट्रपतिको भ्रमण हुने भनिए पनि सरकारले आवश्यक तयारी गर्न नसक्दा भ्रमण रद्द भएको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछ । सरकारका वरिष्ठ उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग सिंहदरबारमा चिनियाँ उपप्रधानमन्त्री वाङले द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेतासँग पनि भेट गर्नेछन् ।

 

 

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *