Tuesday , 17 October 2017
Home / देश / प्रधानमन्त्री देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, बाढीपीडितलाई बस्ने खाने ब्यवस्था मिलाउन निर्देशन

प्रधानमन्त्री देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, बाढीपीडितलाई बस्ने खाने ब्यवस्था मिलाउन निर्देशन

३० साउन,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरवहादुर देउवाले पुर्बी तराइको बाढी प्रभावित क्षेत्रको अनुगमन/निरीक्षण गर्नु भएको छ । सो क्रममा इटहरी पुगेर उहाले सेहेरा र बुढी खोलाको तटबन्धन बाध्ने आश्वसन दिनु भएको छ । नेपाली सेनाको हेलिकोप्टरमा इटहरी पुगेर देउवाले सेहेरा र बुढी खोला इटहरी प्रवेश गरी धनजनको क्षती गरेको भन्दै तटबन्धन बाध्न बजेट छुट्याउने आश्वाशन दिनुभयो ।

बाढीले तराई क्षेत्रमा विनास गरेको भन्दै उहाले तत्कालका लागि बस्ने खाने ब्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो । उहाले बाढीमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने निर्णय भएको जानकारी दिनुभयो।

प्रधानमन्त्रीसगै गृहमन्त्री जर्नार्दन शर्मा, रक्षामन्त्री भीमसनदास प्रधान, नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्री, नेपाल प्रहरी आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ, गृह सचिव लगायतले हेलिकोप्टर मार्फत सुनसरी तथा मोरङका बाढी प्रभावित विभिन्न क्षेत्र को अवलोकन गरेका छन् ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *