Tuesday , 17 October 2017
Home / देश / बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ७० पुग्यो, ५० जना बेपत्ता,हजारौ घर डुवानमा

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ७० पुग्यो, ५० जना बेपत्ता,हजारौ घर डुवानमा

३० साउन,२०७४ / खगेन्द्र खरेल
शुक्रबारदेखि विभिन्न जिल्लामा गएको बिनाशक बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ७० पुगेको छ । कम्तिमा ५० जना बेपत्ता भएका छन् । त्यसैगरी हजारौ घर डुवानमा परेको र करिब ४ सय घर क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढी र पहिरोमा सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ । रौतहटमा ७ जनाको मृत्यु भएको छ । झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३ र चितवनमा २ जनाको मृत्यु भएको छ ।

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले झण्डै १९ हजार घरपरिवार विस्थापित भएको जनाएको छ । बाढी, पहिरो तथा डुबानपछि सृजित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै राहत, उद्धारका लागि प्रभावकारी काम नभएकाले तत्काल त्यसमा जुट्न आह्वान गरेको छ ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *