Sunday , 24 September 2017
Home / देश / राहत वितरणमा एकद्वार नीति लागू, आफूखुसी राहत बाँड्न प्रतिबन्ध

राहत वितरणमा एकद्वार नीति लागू, आफूखुसी राहत बाँड्न प्रतिबन्ध

 

३० साउन,२०७४ / खगेन्द्र खरेल
सरकारले बाढी पीडितलाई राहत वितरणमा एकद्वार नीति लागू गरेको छ । यससँगै एनजीओ/आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् । सोमबार बसेको दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले राहत वितरणमा एकद्वार नीति अपनाइने भन्दै एनजीओ/आईएनजीओलाई आफूखुसी राहत बाँड्न नदिन निर्देशन दिनुभयो । मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ ।

अब नगद राहत दिनेहरुले प्रधानमन्त्री केन्द्रीय दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गर्नुपर्ने छ । राहत सामाग्री (त्रिपाल, भाँडाकुँडा, खाद्यान्न दाल, चामल, नुन, तेल, ड्राइफुड, नयाँ लत्ताकपडा) समितिसँग समन्वय गरी थापाथलीस्थित नेपाल खाद्य संस्थानको गोदाममा वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामघरमा जम्मा गर्नु पर्नेछ ।

बैठकले १० दिनभित्र बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिको विवरण संकलन गरिसक्न निर्देशनसमेत दिएको छ । क्षतिको विवरण संकलन गर्दा निजी र सरकारी सम्पत्तिको छुट्टाछुट्टै मूल्यांकन गर्न तथा घरको विवरण संकलन गर्दा पक्की, कच्ची, टिनको छानो वा खरको छानो कस्तो छ त्यसलाई स्पष्ट खुलाउनुपर्ने छ ।
बैठकमा सहभागी मुख्यसचिव राजेन्द्र किशोर क्षत्रीका अनुसार जलविद्युत, कृषि र पशुपंक्षीमा भएको क्षतिको विवरण पनि तत्काल संकलन गरेर रणनीति बनाइने छ । बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु, गृहसहित अन्य मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *