Sunday , 24 September 2017
Home / देश / अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक, आइसीयुमा जान मानेनन

अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक, आइसीयुमा जान मानेनन

३१ साउन,२०७४ / खगेन्द्र खरेल
२३ दिनदेखि आमरण अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्यअवस्था अन्त्यन्तै नाजुक भएको छ । आइसीयुमा उपचार गराउन चिकित्सकहरुले सुझाव दिए पनि केसीले नमान्दा ज्यान नै जोखिममा परेको हो ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि आमरण अनसन बसेका डा.केसीको छातीको दुखाइ बढेपछि आईसीयुमा लैजाने तयारी चिकित्सकहरुले गरेका थिए ।

उनलाई स्वास प्रश्वासमा समेत समस्या हुन थालेको, शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्त कोषको संख्यासमेत सामान्य स्तरभन्दा निकै तल झरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डा.केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बसेको यो ११ पटक हो ।

यसअघि १० पटक गरी १ सय ४० दिन अनसन बसिसकेका डा.केसीको ११ औं अनसन अहिलेसम्मकै लामो भएको छ । उनको १० औं अनसन २२ औं दिनमा तोडिएको थियो

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *