Tuesday , 19 September 2017
Home / देश / चीनद्वारा बाढीपहिरो पीडितका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा

चीनद्वारा बाढीपहिरो पीडितका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा

३१ साउन,२०७४ / खगेन्द्र खरेल
चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।

काठमाण्डौमा मंगलबार सुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन् ।

वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन् । लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी छन् । रासस

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *