Sunday , 22 October 2017
Home / देश / डा. गोविन्द केसीद्वारा २३औं दिनमा अनशन स्थगित

डा. गोविन्द केसीद्वारा २३औं दिनमा अनशन स्थगित

३१ साउन,२०७४ / खगेन्द्र खरेल
चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग गर्दै विगत २३ दिनदेखि आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीले मंगलबार साँझ अनशन स्थगित गरेका छन् । बाढी–पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरेका हुन् ।

मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अनशनस्थलमा पत्रकार सम्मेलन गर्दै डा. केसीले सबैको ध्यान विपत्तितर्फ केन्द्रित गर्न बाधा नपुगोस् भनेर अनशन स्थगित गरेको बताए ।

मेडिकल माफियाविरुद्धको आन्दोलन जारी रहेको भन्दै उनले माथेमा प्रतिवेदन समेटेर चिकित्सा शिक्षा ऐन नबनाए पुनः अनशन बस्ने पनि बताए । पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा सत्याग्रह स्थगित गरिएपनि ऐन बनाउने क्रममा तोडमोड गरिए फेरि अनशनमा उत्रने चेतावनी दिइएको छ ।

अनशन स्थगित गरेलगत्तै डा. केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालकै आइसीयुमा भर्ना गरिएको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *