Monday , 23 October 2017
Home / आर्थिक / मौसममा सुधार देखिदा अब महंगीको मार,अधिकांश तरकारीको मुल्यमा ५० देखि १२० प्रतिसत सम्म बढ्यो

मौसममा सुधार देखिदा अब महंगीको मार,अधिकांश तरकारीको मुल्यमा ५० देखि १२० प्रतिसत सम्म बढ्यो

३१ साउन,२०७४ / खगेन्द्र खरेल
देशको पुर्बी भाग बाट मौसममा सुधार आए सगै अब महंगीले सर्ब साधारणको हुर्मत लिने भएको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण आयात रोकिए पछि बजारमा तरकारीको भाउ अकासिएको छ।

अधिकांश तरकारीको भाउ किलोकै सय रुपैयाँ हाराहारी पुगेको छ। पछिल्लो दुई सातामा तरकारीको भाउ ५० देखि १२० प्रतिशतसम्म बढेको सम्बद्ध व्यापारी तथा उपभोक्ताले बताएका छन्। तराईमा बाढीको क्षति, राजधानी प्रवेश गर्ने सडकमा अवरोध र वर्षाले तरकारी नष्ट भएपछि मूल्य बढेको हो।

सधै झै आयात कम भएको मौका छोपी व्यापारीले मनपरी भाउ बढाएका छन्। अभावको मौका छोपी ज्यादै महँगो मूल्य लिए पछि भान्छा चलाउन हम्मे परेको उपभोक्ताको गुनासो छ।

खुद्रा पसलमा गोलभेंडाको मूल्य किलोको सय रुपैयाँ छ। परबलको एक सय २० रुपैयाँ छ। आलु धार्नीको सय नाघेको छ। काउली, भिन्डी, घिरौंलाको मूल्य पनि ८० रुपैयाँ हाराहारी छ। लौका, काँक्रो किलोको ६० र करेला ४५ रुपैयाँ पुगेको छ। प्याज छोइनसक्नु भएको छ। दुई साताअघि भिन्डी किलोको ३५, घिरौंला ४५, करेला ३५, परबल ३५, चिचिन्डो ३५, बोडी, सिमी ४५ रुपैयाँमा बिक्री भएको थियो।

बजारमा तरकारी कम आएकाले पनि भाउ बढेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ।

 

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *