Sunday , 24 September 2017
Home / देश / निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप

निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप

३२ साउन,२०७४ / खगेन्द्र खरेल
सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप गरेको छ । आयोगको म्याद आज सकिने भए पनि प्रतिवेदन तयार नभएकाले म्याद थप गरिएको हो ।

सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले आयोगले काम पूरा गर्न बाँकी रहेको भन्दै आग्रह गरेकाले समयावधि थप गरिएको बताए । आयोगले भने सरकारले प्रदेश नम्बर २ मा थपिने नयाँ स्थानीय तहसमेत समेट्ने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरिएपछि त्यसका लागि थप समय माग गरी प्रस्ताव पठाएको जनाएको छ ।

सरकारले साउन ५ गते २१ दिन समावधि दिएर सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । तर, आयोगले ११ गतेबाट मात्रै काम थालेकाले त्यस दिनबाट २१ दिनको अवधि मानिएको हो ।

आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्येक जिल्लामा १ निर्वाचन क्षेत्र रहने गरी १ सय ६५ क्षेत्र निर्धारण गर्नुपर्ने छ । त्यसैगरी ७ वटा प्रदेशमा प्रदेशसभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गर्नुपर्ने छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *