Sunday , 22 October 2017
Home / देश / प्रदेश र संघको चुनाव मंसिर दोस्रो साता गर्न तीन ठुला दल सहमत

प्रदेश र संघको चुनाव मंसिर दोस्रो साता गर्न तीन ठुला दल सहमत

३२ साउन,२०७४ / खगेन्द्र खरेल
प्रमुख तीन ठुला दल प्रदेशसभा र संघीय संसदको चुनाव एकै पटक मंसिर दोस्रो साताभित्र गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रदेशसभा र संघीय संसदको चुनाव एकै पटक गर्ने सहमति जुटेको हो ।सहमति अनुसार अब निर्वाचन आयोग सग छलफल हुनेछ ।

निर्वाचन आयोगले प्रदेशसभा र संघीय संसदको चुनाव एकै पटक गर्न कठिन भएको बताउँदै आएको छ । पछिल्लो छलफलहरुमा आयोगका पदाधिकारीहरुले विद्युतीय भोटिङ मेसिन प्रयोग वा प्रत्यक्ष मतलाई नै समानुपातिक मान्ने हो भने मात्र दुबै चुनाव एकै पटक गर्न सकिने बताएको छ ।

तर, दलहरु दुबै चुनाव एकै पटक गर्ने पक्षमा छन् । यसका लागि दुई वटा मतपत्र बनाउन सकिने दलहरुको तर्क छ । नेताहरुका अनुसार प्रत्यक्षतर्फ संघीय संसद र प्रदेशसभाका लागि एउटा मतपत्र बनाउन सकिनेछ, जसमा दुई ठाउँमा स्वस्तिक छाप लगाउने व्यवस्था गर्न सकिनेछ । समानुपातिकका लागि संघीय संसद र प्रदेशसभाका लागि एक ठाउँमा मत दिने व्यवस्था गर्न सकिनेछ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *