Thursday , 19 October 2017
Home / खेलकुद / मंसिर १४ देखि ए डिभिजन लिग फुटबल सुरु हुने

मंसिर १४ देखि ए डिभिजन लिग फुटबल सुरु हुने

३२ साउन,२०७४ / खगेन्द्र खरेल
मंसिर १४ गतेदेखि ए डिभिजन लिग फुटबल सुरु हुने भएको छ । बुधबार बसेको एन्फा कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले आउँदो सेप्टेम्बरमा नेपालमा हुने १६ वर्षमुनिको एएफसी च्याम्पियनसिपका लागि साढे ८५ लाख रुपैयाँ वजेट पनि छुट्याएको छ ।

यस्तै बैठकमा एशियाली फुटबल महासंघ एएफसीको विकास कार्यक्रम अन्तर्गतबाट काठमाडौं, नवलपरासी र मकवानपुरमा एक–एक वटा फुटबल मैदान बनाउने निर्णय पनि गरेको एन्फाले जनाएको छ ।

बैठकले एन्फा साधारण सभा अक्टोबर ९ तारिखमा र एन्फा कार्यसमितिको चुनाव जनवरी ७ तारिखमा गर्ने निर्णय पनि गरेको छ । यो दुवै मितिलाई एशियाली फुटबल महासंघ एएफसीले सहमति जनाउनु पर्ने छ ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *