Tuesday , 19 September 2017
Home / देश / कांग्रेसका यी दुइ नेता बाढी पीडितका घरघरमा

कांग्रेसका यी दुइ नेता बाढी पीडितका घरघरमा

 

१ भदौ,२०७४ / खगेन्द्र खरेल
केहि दिन अघि आएको विनाशकारी बाढी पहिरोले सयौंको ज्यान लिएको छ भने हजारौलाइ घरबार बिहिन बनाएको छ । त्यस्तै करोडौको सम्पति क्षति भएको छ । अब तत्कालको जरुरत भनेको बाढी पहिरोको बिपत्तिमा परेकाको उद्दार र राहतको छ जसमा सबै सहयोगको जरुरत छ ।

पिडितको उद्दार र राहतका लागि कांग्रेसका दुइ नेता आ आफ्नो जिल्ला तथा क्षेत्रमा खटिएका देखिन्थे । ति नेता हुन् डा.शेखर कोइराला र पूर्व मन्त्रि केशब कुमार बुढाथोकी ।

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला बाढीले बिनाश गर्दै गर्दा जसरी पनि विराटनगर आउन चाहनुहुन्थ्यो । तर, बाढीको भेल पस्दा विमानस्थल डुबानमा थियो। जताततै क्षति पुर्‍याउँदा सडक मार्ग अवरुद्ध थियो। विराटनगर आउने अनेक उपाय खोज्दा उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर इटहरी जान लागेको थाहा पाएपछि नेता कोइराला त्यसमै शनिबार अपरान्ह झमझम पानी परिहेकै मौसममा इटहरी अवतरण गर्नु भयो । अवतरण गर्नु अघिनै बाढीको बिनाश उहाले हेलिकप्टर बाटै हेरी सक्नु भएको थियो ।

केसलिया खोलाको पूर्वी बाँध फुटेर विराटनगर डुब्नुको कारण थाहा पाएपछि बाढीले पुर्‍याएको क्षतिको सबै जानकारी लिनुभयो । त्यसपछि बाढीले पुर्‍याएको क्षति र प्रभावित मानिसहरुको ‘सेवा’मा नेता कोइराला शनिबारदेखि निरन्तर खटिरहनु भएको छ।

त्यस्तै झापाका अर्का कांग्रेसी नेता केशब कुमार बुढाथोकी बाढी पिडितको राहत र उद्दारमा खटिनु भएको छ । बाढीले झापामा सबै भन्दा धेरै प्रभावित झापा गाउँपालिका उहाको संसदीय क्षेत्रमै पर्छ । बाढीले बितण्डा मच्चाएको थाहा पाउने बित्तिकै राहत सामाग्री सहित पिडितको घरघरमा उहा पुग्नुभयो । साथै उहाले क्षतिग्रस्त सबै स्थानको स्थलगत अवलोकन समेत गर्नु भएको छ ।

बुढाथोकीलाई सहजीकरण गर्न झापाका पूर्व जिल्ला उपाध्यक्ष देउमान थेवे अहोरात्र खटिनु भएको छ । बुढाथोकी सहितको टोलीले राहत तथा पुनस्थापना कार्यलाई ब्यावस्थित गर्न छेत्रमा क्रियाशील सामाजिक संघ सस्थाहरु जीवन बिकास,साहारा नेपाल,जेसिस, रेडक्र्स,एनअरएन,लगायत विभिन्न सामाजिक संघ सस्था संग समन्वय गरि राहत कार्यलाई गति दिरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीदेखि नेतासम्म हवाई दौडाहा गरिरहेको बेला कांग्रेस नेता कोइराला र बुढाथोकी भने डुबान भएका घरघरमा पुगेर पीडितलाई मलहम लगाउनमा तल्लीन देखिएका छन् ।

 

 

 

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *