Tuesday , 19 September 2017
Home / देश / संघ र प्रदेश निर्वाचन एकै पटक गर्न निर्वाचन आयोग सहमत:मंसिर चार गतेको मिति प्रस्ताव

संघ र प्रदेश निर्वाचन एकै पटक गर्न निर्वाचन आयोग सहमत:मंसिर चार गतेको मिति प्रस्ताव

१ भदौ,२०७४ / खगेन्द्र खरेल
प्रमुख तीन दल र निर्वाचन आयोग संघ र प्रदेशको निर्वाचन एकै पटक गर्न सहमत भएका छन् । निर्वाचन आयोगले यसअघि ब्यवस्थापकीय कमजोरीका कारण एकै साथ निर्वाचन गर्न नसकिने बताउदै आएपनि चरणबद्ध रुपमा दुवै निर्वाचन एक साथ गर्न आयोग पदाधिकारी सहमत भएका हुन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज साँझ बसेको प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारीबीच मंसिरको पहिलो साता संघ र प्रदेशको निर्वाचन गर्ने सहमती बनेको हो । निर्वाचन आयोगले मंसिर ४ गतेको मितिमा निर्वाचन गर्न उपयुक्त हुने भन्दै प्रस्ताव गरेको छ ।

यद्धपी आयोगले पहिलो चरणमा हिमाल र पहाडी जिल्लालाई समेट्दै ३१ जिल्लामा मात्र निर्वाचन गर्न सम्भव हुने बताएको छ । प्रमुख दलका शीर्ष नेताले एकै पटक संघ र प्रदेशको निर्वाचन गर्न राखेको प्रस्तावमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आवश्यक ऐन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन समयमा उपलब्ध गराएको खण्डमा निर्वाचन सम्भव हुने बताउनुभएको थियो ।

आयोगले दुवै चुनाव एउटै मितिमा गर्न सरकारसामु तीन वटा सर्त राखेको छ । निर्वाचन सम्बन्धि कानु्न भदौ ५ गते भित्र पारित गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन भदौ १५ गते भित्र उपलब्ध गराउन आयोगले सरकारसँग माग गरेको हो ।

आयोगले यही शनिवारभित्र निर्वाचनको मिति घोषणा गर्न समेत सरकारलाई आग्रह गरेको छ । बैठकपछि बाहिरिदै प्रमुख आयुक्त यादवले निर्वाचन आयोग अब चुनावको तयारीमा जुट्ने बताउनुभयो । आफुहरुले राखेको सर्त सरकारले पुरा गरे प्रदेश र संघका निर्वाचन एकै समयमा गर्न आयोग तयार रहेको जानकारी दिनुभयो ।

 

 

 

 

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *