Sunday , 24 September 2017
Home / देश / बाढी पीडित किसानका लागि विशेष राहत प्याकेज ल्याउने कृषि मन्त्री यादवको भनाइ

बाढी पीडित किसानका लागि विशेष राहत प्याकेज ल्याउने कृषि मन्त्री यादवको भनाइ

३ भदौ,२०७४ / खगेन्द्र खरेल
कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीबाट कृषि क्षेत्रमा बढी क्षतिभएको भन्दै केही दिनमा नै विशेष राहत प्याकेज घोषणा गर्ने बताउनु भएको छ। कृषि क्षेत्रमा सबैभन्दा धेरै क्षति भएको,धान खेत नष्ट भएको, माछापालन देखि अन्य कृषिजन्य संरचनाहरु नै ध्वस्त भएकाले कृषिमा झण्डै ८ अर्ब ६४ करोड ३४ लाख रुपैयाँको क्षति भएको उहाले बताउनुभयो ।

क्षति कति भएको हो र कति राहत दिने भन्नेबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएको भन्दै उहाले १० गतेभित्रै विशेष राहत प्याकेज घोषणा गरिने बताउनुभयो ।

नष्ट भएका अन्नवालीलाई समेत ध्यान दिएर खेत पूनः रोप्न चाहनेहरुलाई निःशुल्क विउ दिनेदेखि छुट समेत गरिने र माछाका भुरा उपलब्ध गराउने उहाले बताउनुभयो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *