Monday , 25 September 2017
Home / देश / कमल थापा नेतृत्वको राप्रपाद्वारा संबिधान संशोधनको बिपक्षमा मत दिने निर्णय

कमल थापा नेतृत्वको राप्रपाद्वारा संबिधान संशोधनको बिपक्षमा मत दिने निर्णय

४ भदौ,२०७४ / खगेन्द्र खरेल
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।, पार्टीमा आएको फुटपछि हेटौंडामा बसेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन विधेयकको विपक्षमा उभिने निर्णय गरेको हो ।

राप्रपाले संशोधन विधेयकले विपक्ष उभिनेमा निर्णय लिनुको कारण यसले मधेसको समस्या समाधान गर्न नसक्ने, मधेसकेन्द्रीत दलहरु चुनावमा आउने भइरहेको तथा हिन्दु राष्ट्रबारे आफूहरुले राखेको संशोधन अगाडि नबढाएको तर्क गरेको छ ।

संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा दफावार छलफल चलिरहेको छ । र, भोलि निर्णयार्थ पेश गर्ने तयारी छ । तर, राप्रपाले समर्थन नगर्ने भएपछि यो विधेयकको पक्षमा दुई तिहाई बहुमत नपुग्ने देखिएको छ ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *