Sunday , 24 September 2017
Home / खेलकुद / प्रिमियर लिग फुटबलमा आर्सनललाई धक्का:स्पेनिस लिगमा नव प्रवेशी गिरोनासग एथलेटिको म्याड्रिड बराबरीमा रोकियो

प्रिमियर लिग फुटबलमा आर्सनललाई धक्का:स्पेनिस लिगमा नव प्रवेशी गिरोनासग एथलेटिको म्याड्रिड बराबरीमा रोकियो

 

४ भदौ,२०७४ / खगेन्द्र खरेल
इङ्गलिस प्रिमियर लिग फुटबलमा स्टोक सिटीसँग आर्सनल पराजित भएको छ । शनिबार राती भएको खेलमा जेसी रोड्रिग्वेजले ४७ औं मिनेटमा निर्णायक गोल गरेपछि स्टोक सिटी १-० ले विजयी भएको हो ।

अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले भने लगातार दोस्रो फराकिलो जित दर्ता गरेको छ । अघिल्लो हप्ता वेष्ट ह्याम युनाईटेडलाई ४-० ले हराएको म्यान्चेस्टर युनाईटेडले हिजो स्वान्सी सिटीमाथि पनि ४-० कै जित निकाल्यो ।

प्रिमियर लिगमा शनिबार भएका अन्य खेलमा सादियो मानेले गोल गरेपछि लिभरपुलले क्रिष्टल प्यालेसलाई १÷० ले हरायो । साउथह्याम्पटनले वेष्ट ह्यामलाई ३-२ ले, वाट्फोर्डले बर्नमाउथलाई २-० ले, वेष्ट ब्रोमले बर्नलेलाई १-० ले तथा लेष्टर सिटीले ब्रिजटनलाइ २-० ले हराएका छन् ।

प्रिमियर लिगमा आज दुई खेल हुनेछन् । आज वेलुकी हडर्सफिल्ड टाउन र न्युकासल युनाईटेड भिड्दा टोटनह्याम हट्सपरले चेल्सीसँग खेल्नेछ ।

उता स्पेनिस लिगा फुटबलमा नव प्रवेशी गिरोनाले एथलेटिको म्याड्रिडलाइ दुइ दुइको बराबरीमा रोकेको छ । पहिलो हाफमै दुइ सुन्यले पछि परेको एथलेटिको म्याड्रिडले दोस्रो हाफमा कम ब्याक गरेको हो । ६७औ मिनटमा एन्टोनी ग्रिजम्यान रातो कार्ड खाएर बाहिरिए पनि ७८ र ८५औ मिनटमा गोल गरेर एथलेटिको म्याड्रिडले खेल बराबरीमा ल्याएको हो ।

अर्को खेलमा रियल सोसीडाडले सेल्टा भिगोलाई तिन दुइ गोलले हराउदा सेभिल्ला र एस्पान्योलले एक एकको बराबरी खेलेर अंक बाडेका छन् ।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *