Sunday , 24 September 2017
Home / देश / राष्ट्रिय जनता पार्टीलाई छाता चुनाव चिह्न दिन नसकिने प्रमुख आयुक्त यादबद्वारा स्पष्ट
Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav Photo: Dinesh Gole/Nagarik/Republica

राष्ट्रिय जनता पार्टीलाई छाता चुनाव चिह्न दिन नसकिने प्रमुख आयुक्त यादबद्वारा स्पष्ट

५ भदौ,२०७४ / खगेन्द्र खरेल
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टीलाई छाता चुनाव चिह्न दिन नसकिने फेरि प्रष्ट पार्नु भएको छ । राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै आयुक्त यादवले वैशाख ३१ गतेकै व्यवस्थापन अनुसार आयोग अगाडि बढिरहेकाले छाता चिह्न दिन नसकिने भन्दै ६ दलमध्येकै चिह्नबाट चुनावमा आउन राजपालाई आग्रह गर्नुभयो।

छाता चिह्नका विषयमा सर्वोच्च अदालतमा रिट समेत परिसकेकाले राष्ट्रिय जनता पार्टीले पाउने सम्भावना नरहेको उहाको भनाइ थियो । निर्वाचनमा भाग लिने दलले ११ भदौसम्म तीन ओटा चुनाव चिह्न माग गर्नुपर्ने तथा सोही मध्येबाट एउटा चुनाव चिह्न पाउने यादवले जानकारी दिनुभयो ।

साथै यादवले टेन्ट टाँगेर भएपनि प्रदेश २ को स्थानीय चुनाव गर्ने बताउनु भयो । उहाले निर्वाचनमा जुट्न आहृवान समेत गर्नुभयो । प्रदेश २ को चुनावलाई लक्षित गरी जनशक्ति व्यवस्थापन र मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको बताउँदै उहाले चुनावका निम्ति सबै तयारी भएको बताउनुभयो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *