Tuesday , 19 September 2017
Home / देश / ३३ किलो सुन तस्करीका मूख्य अरोपीलाई नेपाल ल्याइयो

३३ किलो सुन तस्करीका मूख्य अरोपीलाई नेपाल ल्याइयो

५ भदौ,२०७४ / खगेन्द्र खरेल
३३ किलो सुन तस्करीका मूख्य अरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको छ । पन्तलाई दुबई पुलिसले पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा पन्थलाई रेडकर्नर नोटिस जारी गरेको थियो ।

तर, पन्थले प्रहरी सामू आत्मसर्पण गरेनन् । उनी भागेर नेपाल आउने क्रममा विमानस्थलमा पक्राउ परेका थिए । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाकी एसपी किरण बज्राचार्यका अनुसार पन्त ७० दिन दुबई प्रहरीको हिरासतमा रहे ।

त्यहाँका कानुन अनुसार कारबाही गरेपछि दुवई प्रहरीसँग समन्वय गरेर पन्थलाई सोमबार नेपाल ल्याएको हो । पन्थले दुवईमा बसेर सुन तस्करी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को दाबी छ ।

सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *