Thursday , 19 October 2017
Home / विदेश / मुस्लिम महिला बिरुद्दको ‘तीन तलाक प्रथा’लाई भारतीय सर्वोच्च अदालतद्वारा असंवैधानिक ठहर

मुस्लिम महिला बिरुद्दको ‘तीन तलाक प्रथा’लाई भारतीय सर्वोच्च अदालतद्वारा असंवैधानिक ठहर

६ भदौ,खगेन्द्र खरेल
भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा कायम रहेको ‘तीन तलाक’ अर्थात् छोडपत्र प्रथालाई असंवैधानिक ठहर गरेको छ । मंगलबार (आज) बसेको अदालतको पाँच सदस्यीय बेन्चको बहुमतले तीन तलाकलाई असंवैधानिक करार गरेको हो ।

बेन्चका तीन सदस्यले मुस्लिम समुदायमा रहेको छोडपत्रको प्रथालाई असंवैधानिक मान्दै कानुन बनाएर तत्काल अन्त्य गर्न सरकारलाई आदेश दिएका हुन् ।
इस्लामिक देशमा पनि यस्तो व्यवस्था नभएको भन्दै भारत जस्तो प्रजातान्त्रिक मुलुकमा यसको अन्त्य सम्भव किन नभएको भन्दै अदालतले गम्भीर प्रश्न उठाएको छ ।

त्यस्तै, अदालतले सरकारलाई ६ महिनाभित्र कानून बनाउन निर्देशन दिएको छ । तत्काललाई ६ महिनासम्म कसैले तलाक दिन नपाउने आदेश पनि अदालतले दिएको छ । उक्त बेन्चमा सर्वोच्च अदालतका प्रधान न्यायाधीस जेएस खेहर, न्यायाधीसहरु कुरिएन जेसेफ, यूयू ललित, अब्दुल नजीर र रोहिंग्टन एफ नरीमन रहेका थिए । (एजेन्सी)

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *