Sunday , 22 October 2017
Home / देश / प्रदेश र संघको चुनाव दुई चरणमा हुने उपप्रधानमन्त्री गच्छदारको भनाइ

प्रदेश र संघको चुनाव दुई चरणमा हुने उपप्रधानमन्त्री गच्छदारको भनाइ

 

७ भदौ,२०७४ / खगेन्द्र खरेल
कार्यबाहक प्रधानमन्त्री एवंम उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा हुने बताउनु भएको छ । सरकारले दुईवटै चुनाव मंसिर १० मै सम्पन्न गर्ने घोषणा गरिसकेको अवस्थामा कार्यबाहक प्रधानमन्त्री गच्छदारले भने दुई चरणमा गर्ने बताउनु भएको हो ।

मंसीर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुने कार्यबाहक प्रधानमन्त्री गच्छदारले स्पष्ट पार्नु भयो । अब तत्काल दोस्रो चरणको निर्वाचनको मिति समेत घोषणा गर्ने तयारी गरिएको उहाले बताउनु भयो ।

निर्वाचन आयोगले समेत यसअघि नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न नसकिने अडान राख्दै आएको छ ।

नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष समेत रहेका गच्छदारले पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै मंसिर २५ गते भित्र प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा सम्पन्न गर्ने सरकारको योजना रहेको बताउनु भएको हो ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *