Sunday , 24 September 2017
Home / देश / प्रधानमन्त्री देउवा पाँचदिने राजकीय भ्रमणको लागि भारत प्रस्थान

प्रधानमन्त्री देउवा पाँचदिने राजकीय भ्रमणको लागि भारत प्रस्थान

 

७ भदौ,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नु भएको छ । ४८ सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा नेपाल वायुसेवा निगमको उडानमार्फत बुधबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्नु भएको हो।

देउवाको यो भ्रमण पछिल्लो पटक प्रधानमन्त्री भएपछिको पहिलो हो । देउवा प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जानुभएको भने चौथो पटक हो । भ्रमण दलमा परराष्ट्रमन्त्री सहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।

भारत प्रस्थान गर्नुअघि देउवालाई बिदाइ गर्न सभामुख अाेनसरी घर्ती, सरकारका मन्त्री, सरकारी अधिकारीहरुलगायत विमानस्थल पुगेका थिए । भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उहाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ।

अाजै साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले भारत भ्रमणको दोस्रो दिन भारतीय राष्ट्रपति रामनाथ कोविद तथा समकक्षी नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता तथा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *