Sunday , 22 October 2017
Home / खेलकुद / साफ यू १५ च्याम्पियनसिप: नेपाल भारतसँग २–१ ले पराजित:उपविजेता बन्दै सेमिफाइनलमा

साफ यू १५ च्याम्पियनसिप: नेपाल भारतसँग २–१ ले पराजित:उपविजेता बन्दै सेमिफाइनलमा

 

७ भदौ,२०७४ / खगेन्द्र खरेल
नेपाल काठमाडौं उपत्यकामा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको समूहको अन्तिम खेलमा भारतसँग २–१ ले पराजित हुँदै नेपाल उपविजेतामा समेटिएको हो ।

मध्यान्तरसम्म एक–एक गोलको बराबरी खेलेको नेपालले मध्यान्तरपछि अर्को गोल खाएको हो । २७औं मिनेटमा भारतीय कप्तान विक्रमप्रताप सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाए । नेपालले ४१औं मिनेटमा कप्तान रोशन रानामगरको गोलबाट बराबरी गर्‍यो ।

रोशनले प्रहार गरेको पेनाल्टी बल फर्किएपछि दोस्रोपटकमा गोल गरेका हुन् । मध्यान्तरपछि रोशनले गोल गर्ने केही अवसर खेरफालेका थिए । ६५औं मिनेटमा भारतका रविबहादुर रानाले गोल गर्दै टिमलाई जिताए ।

तीन टोली सहभागी समूहको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ६–० ले तथा भारतले माल्दिभ्सलाई ९–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा ठाउँ बनाएको थियो । यो खेलपछि सेमिफाइनल समीकरण पनि पूरा भएको छ । सेमिफाइनलमा नेपालको भिडन्त अर्को समूहको विजेता बंगलादेशसँग हुनेछ भने भारतको भिडन्त भुटानसँग हुनेछ ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *