Monday , 25 September 2017
Home / देश / उपचारका लागि एमाले अध्यक्ष ओली थाइल्याण्ड जाँदै

उपचारका लागि एमाले अध्यक्ष ओली थाइल्याण्ड जाँदै

८ भदौ,२०७४ / खगेन्द्र खरेल
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै हुनुहुन्छ । थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उहाँले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थाल्नुभएको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानु हुनेछ । यही भदौं १४ गते उहाँ स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताउनुभयो । नियमित स्वास्थ्य उपचारका लागि उहाँ ६/६ महिनामा बैंकक जाने गर्नुभएको छ । यसअघि जेठमा उहाँ उपचारका लागि बैंकक जानुभएको थियो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *