Monday , 25 September 2017
Home / Uncategorized / प्रधानमन्त्री देउवा हैदरावाद हाउसमा, भारतीय समकक्षी मोदीसँग ‘वान टु वान’ वार्ता

प्रधानमन्त्री देउवा हैदरावाद हाउसमा, भारतीय समकक्षी मोदीसँग ‘वान टु वान’ वार्ता

८ भदौ,२०७४ / खगेन्द्र खरेल
भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको छ। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता सुरु भएको हो। भेटवार्ता पछि विभिन्न सम्झदारीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

यही भेटको पूर्वतयारी स्वरुप बुधबार नै देउवा र मोदीबीच अनौपचारिक भेट भएको थियो । बिहीबारको औपचारिक भेटवार्ता करिब आधा घण्टाको रहने नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन समेत गर्दैछन्।

Check Also

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *