Sunday , 24 September 2017
Home / देश / १५ दिनभित्र बक्यौता महशुल नबुझाउनेको विजुली काटिने:सिंहदरबारदेखि गाउँसम्मका लाइन काट्न उर्जामन्त्रीको निर्देशन

१५ दिनभित्र बक्यौता महशुल नबुझाउनेको विजुली काटिने:सिंहदरबारदेखि गाउँसम्मका लाइन काट्न उर्जामन्त्रीको निर्देशन

८ भदौ,२०७४ / खगेन्द्र खरेल
नेपाल विद्युत् प्राधिकरणले लामो सयम विद्युत् महशुल बुझाएका ग्राहकलाई १५ दिनको म्याद दिएको छ । मिटर रिडिङ भएको ६० दिनसम्म पनि महशुल नबुझाएका ग्राहकले १५ दिनभित्र बक्यौता नबुझाए लाइन काट्ने प्राधिकरणले जनाएको छ । बुधबार एक सूचना जारी गर्दै लामो समय बक्यौता नबुझाएकालाई प्राधिकरणले १५ दिनको म्याद दिएको हो ।

नेपाल विद्युत प्राधिकरणको ११ अर्ब २० करोड २१ लाख ७९ हजार तीन रुपैयाँ बराबरको विद्युत्त महसुल उठ्न बाँकी रहेको पाइएको छ । सबै बक्यौता उठ्यो भने समग्रमा नाफामा गइहाल्ने स्थिति छ । प्राधिकरण अहिले वाषिर्क ९० करोडको घाटामा छ ।

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् महसुल बक्यौता रहेका ग्राहकबाट तत्काल महसुल उठाउन प्राधिरकणलाई निर्देशन दिएसँगै यति धरै बक्यौता रकम रहेको तथ्य पत्ता लागेको हो । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार ग्राहस्थ तर्फ नै सबैभन्दा बढी महसुल बक्यौता बाँकी रहेको छ ।

मंगलरबार मात्रै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महशुलको बक्यौता रकम उठाउन विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *