Monday , 25 September 2017
Home / देश / बाढी पीडितहरुका लागि कांग्रेस सांसदबाट संकलित १ करोड ६ लाख बढीको चेक हस्तान्तरण

बाढी पीडितहरुका लागि कांग्रेस सांसदबाट संकलित १ करोड ६ लाख बढीको चेक हस्तान्तरण

९ भदौ,२०७४ / खगेन्द्र खरेल
बाढी–पहिरो र डुबानबाट पीडितहरुका लागि नेपाली कांग्रेसले संकलन गरेको १ करोड ६ लाख ९० हजार ६४० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । कांग्रेसका सांसदहरुको एक महिना बराबरको तलब सहयोग गर्ने निर्णयबमोजिम संकलित उक्त रकम कांग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेले कांग्रेस कार्यबाहक सभापति विमलेन्द्र निधिलाई हस्तान्तरण गरेका हुन् ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ । निधिले सांसदहरुबाट संकलित उक्त सहयोग रकम कांग्रेस बाढीपीडित कोषको खातामा जम्मा गरिने बताए ।

सो अवसरमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका कोषाध्यक्ष मीनाक्षी झालगायत केन्द्रीय सदस्य एवं सांसदहरुको उपस्थिति रहेको थियो । व्यवस्थापिका–संसदमा नेपाली कांग्रेसका २०७ जना सांसद रहेका छन् ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *