Sunday , 22 October 2017
Home / विदेश / भारतीय सिख गुरू राम रहिम बलात्कारी ठहर, समर्थकको हिंसामा मारिनेको संख्या १७ जना पुग्यो:२०० भन्दा बढी घाइते

भारतीय सिख गुरू राम रहिम बलात्कारी ठहर, समर्थकको हिंसामा मारिनेको संख्या १७ जना पुग्यो:२०० भन्दा बढी घाइते

 

९ भदौ,२०७४ / खगेन्द्र खरेल
भारतका स्वघोषित आध्यात्मिक गुरू गुमरित राम रहिम सिँहलाई लामो समयपछि अदालतले बलात्कारमा दोषी ठहर गरेको छ । हरियाणाको पञ्चकुलास्थित केन्द्रीय जाँच ब्यूरोको विशेष अदालतले ‘डेरा सच्चा सौदा’ अभियानका प्रमुखसमेत रहेका रहिमलाई बलात्कारमा दोषी ठहर गर्दै शुक्रबार (आज) जेल पठाउने निर्णय गरेको हो ।

उनले भोग्नुपर्ने जेल सजायको समय भने अदालतले सोमबार तोक्ने उल्लेख गरेको छ । त्यतिन्जेलसम्म रहिमलाई प्रक्राउ गरी सेनाको पुर्वी कमान्ड मुख्यालयस्थित सैनिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । उनलाई राखिने जेलबारे भोलिसम्म निर्णय गरिने बताइएको छ ।

अदालतको फैसलाप्रति उनको ‘डेरा सच्चा सौदा’ अभियानका लाखौँ समर्थकले विरोध गरेका छन् । राज्य सरकारले स्थिति सामान्य राख्न कफ्र्यू आदेश जारी गरेपछि सैनिकले मार्चपास गर्नु परेको छ ।

अदालतको फैसला पछि हरियाणा र पन्जाबका विभिन्न स्थानमा प्रहरी र डेरा समर्थकबीच झडप हुदा १७ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी घाइते भएको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *