Sunday , 22 October 2017
Home / देश / राजपाद्वारा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

राजपाद्वारा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

९ भदौ,२०७४ / खगेन्द्र खरेल
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय निर्वाचन प्रयोजनका निम्ति शुक्रबार ६ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । समितिमा जितेन्द्र सोनल, मनीष सुमन, केशव झा, हरेन्द्र यादव, सीपी सिंह र कौशलेन्द्र मिश्र रहेका छन् ।

समितिलाई पाँच दिनभित्र घोषणापत्रको मस्यौदा पेस गर्ने समयावधि रहेको समितिका सदस्य केशव झाले जानकारी दिए । उनले समितिको बैठक शुक्रबारैबाट बसी घोषणापत्रको काम सुरु गरिने बताए । राजपाले बिहीबार पत्रकार सम्मेलन गरी निर्वाचनमा जाने घोषणा गरेको भोलिपल्ट शुक्रबार निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । रासस

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *