Monday , 25 September 2017
Home / विदेश / एनआरएनए इजरायलको नेतृत्वमा छिरिङ लामा शेर्पा बिजयी, आइसीसी सदस्यमा दिपक ओली निर्वाचित

एनआरएनए इजरायलको नेतृत्वमा छिरिङ लामा शेर्पा बिजयी, आइसीसी सदस्यमा दिपक ओली निर्वाचित

११ भदौ, २०७४ / खगेन्द्र खरेल
गैर-आवासीय नेपाली संघ समन्वय परिषद् (एनआरएनए ) इजरायलको नयाँ नेतृत्वमा छिरिङ लामा शेर्पा सहित उहाको टिम बिजयी भएको छ । हिजो सम्पन्न निर्वाचनमा शेर्पाले अर्का अध्यक्षका प्रत्याशी विमला (नितु) खतिवडालाई फराकिलो अन्तरले पराजित गर्नु भएको हो।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा शान्ता अधिकारी ज्ञवाली, उपाध्यक्षमा गोपी (उमा) गुरुङ, महासचिवमा तेन्जिङ शेर्पा निर्वाचित हुनुभएको छ । त्यसैगरि सचिबमा निर्मला गुरुङ, सह-सचिबमा रुकमाया रेग्मी बिजयी हुनुभएको छ भने सह-कोषाध्यक्षमा सावित्रा कुमारी घिमिरे लुइँटेल बिजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

एनआरएनए इजरायलको कोषाध्यक्षमा कादम्वरी श्रेष्ठ दाना, महिला उपाध्यक्षमा सुजाता गौतम, पुरुष प्रतिनिधी नारायण थापा, महिला प्रतिनिधी लिला थापा मगर, सदस्यहरु सुष्मा शाही, सानु खतिवडा, निलम गिरी र सावित्री खड्का यस अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

हिजै सम्पन्न आइसीसी सदस्य पदको निर्वाचनमा एनआरएनए इजरायलको निबर्तमान अध्यक्ष दिपक ओली निर्वाचित हुनुभएको छ ।

Check Also

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *