Monday , 25 September 2017
Home / Uncategorized / भरतपुर अस्पतालमा मिर्गाैलाको डायलायसिस सेवा सुरु

भरतपुर अस्पतालमा मिर्गाैलाको डायलायसिस सेवा सुरु

 

११ भदौ,२०७४ / खगेन्द्र खरेल
भरतपुर अस्पतालमा आइतबार (आज)देखि मिर्गाैलाको डायलायसिस सेवा सुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीकाअनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।

अस्पतालमा १२ उपकरण रहेकाले एकैपटक १२ जनाको मिर्गौलाको डायलासिस गर्न सकिनेछ । मरासिनीका अनुसार सेवाका लागि ६ प्राविधिकले तालिम लिएर आइसकेका छन् । अन्य ६ जना तालिममा नै छन् । सुरुमा दुई चरणमा २४ जनाको डायलासिस गरिनेछ । थप प्राविधिक तालिम सकेर आएपछि दैनिक ३६ जनाको डायलासिस गरिने उनले बताए । ती उपकरण सरकारले खरिद गरिदिएको हो भने अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो ।

समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताए । जिल्लाका विभिन्न अस्पतालमा थोरै बिरामीको मात्र डायलायसिस हुने गरेको छ ।

राजभण्डारीकाअनुसार चितवनसहित छिमेकी जिल्लाका बिरामीलाई पनि सेवा दिन सकिनेछ । भरतपुरका दुई मेडिकल कलेजमा १४ र रत्ननगरको मिर्गौलारोग केन्द्रमा ६ वटा मात्र उपकरण छन् ।

निजी क्षेत्रका मेडिकल कलेजमा उपकरण बिग्रिरहने समस्याका कारण बिरामीले सास्ती व्यहोर्दैैै आएकाबेला सरकारी अस्पतालमा नयाँ उपकरणसहित डायलायसिस सेवा सुरु भएपछि बिरामी लाभान्वित हुने भएका छन् । रासस

Check Also

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *