Sunday , 22 October 2017
Home / खेलकुद / साफ यू-१५ को फाइनलमा नेपाल भारतसँग पराजित

साफ यू-१५ को फाइनलमा नेपाल भारतसँग पराजित

११ भदौ,२०७४ / खगेन्द्र खरेल
काठमाडौंमा भएको साफ यू-१५ च्याम्पियनसीपको फुटबलको उपाधी भारतले जितेको छ। आइतबार फाइनलमा आयोजक नेपाललाई २-१ ले हराउँदै भारतले ट्रफि उचालेको हो।

भारतका लागि लालरोकिमा र कप्तान विक्रमप्रताप सिंहले गोल गरेका हुन्। नेपालका लागि ब्रिजेश चौधरीले गोल गरेका थिए। खेलको ४१औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले भारतलाई नतिजा सुम्पिएको हो।

भारतीय खेलाडीले डिबक्समा नेपाली रन्जन पुनलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा चौधरीले गोल गरेका थिए। भारतका लागि लालरोकिमाले ५९औं मिनेटमा गोल फर्काएर बराबरी गरे भने कप्तान सिंहले ७४औं मिनेटमा गोल गर्दै जित दिलाएका हुन्।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *