Thursday , 19 October 2017
Home / देश / प्रदेश सभा र प्रतिनिधि सभा चुनावको आचारसंहिता लागू

प्रदेश सभा र प्रतिनिधि सभा चुनावको आचारसंहिता लागू

१४ भदौ / खगेन्द्र खरेल
निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि बुधबारबाट आचार संहिता लागू गरेको छ । आयोगको बुधबार बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।

निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिता बुधबारदेखि नै लागू गर्ने निर्णय गरिएको आयोगका आयुक्त सुधीरकुमार शाहले जानकारी दिए ।

आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह र त्यसका कर्मचारी, सार्वजनिक संस्था, सरकारी तथा अर्ध सरकारी संस्था, सुरक्षा निकायका सबै अंग, निर्वाचन कार्यमा संलग्न सबैमा निर्वाचन आचारसंहिता लागू हुने पनि स्पष्ट पारेको छ ।

आयोगका आयुक्त शाहका अनुसार उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको मितिदेखि आचारसंहिता लागू हुने छ । निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *