Sunday , 24 September 2017
Home / देश / क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्रति फोरमको आपत्ति,तत्काल सच्याउन माग

क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्रति फोरमको आपत्ति,तत्काल सच्याउन माग

१६ भदौ / खगेन्द्र खरेल
संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल सच्याउन माग गरेको छ । फोरम नेपालले आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारण सहितको सरकारलाई बुझाएको प्रतिवेदन प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहस–नहस पारेको, मधेसमा मधेसी बाहुल्य क्षेत्रहरुलाई टुक्रा–टुक्रा गरी गैरमधेसी बहुल क्षेत्रमा गाभ्ने काम गरेको’ आरोप सो पार्टीले लगाएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ–‘आयोगको प्रतिवेदन अत्यन्तै विभेदकारी, आपत्तिजनक र त्रुटिपूर्ण रहेको हाम्रो ठहर छ ।’ आयोगको प्रतिवेदनले ‘पहाडी र हिमाली क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई न्यून गर्ने षड्यन्त्र गरिएको’ भन्दै आपत्ति प्रकट गरिएको छ । नेपाली कांग्रेसको स्वार्थ पूरा हुनेगरी क्षेत्र निर्धारण गरिएको आरोप पनि सो पार्टीले लगाएको छ ।

पूर्वन्यायाधीश कमलनारायण दास अध्यक्ष रहेको आयोगले गत बुधबार सरकारलाई क्षेत्र निर्धारण गरिएको प्रतिवेदन बुझाएको थियो । आयोगले एक नम्बर प्रदेशमा २८, २ नम्बर प्रदेशमा ३२, ३ नम्बर प्रदेशमा ३३, ४ नम्बर प्रदेशमा १८, ५ नम्बर प्रदेशमा २६, ६ नम्बर प्रदेशमा १२ र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । सो प्रतिवेदन सरकारले निर्वाचन आयोगलाई बुझाइसकेको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *