Monday , 25 September 2017
Home / देश / अनुमति नलिई टाँगिएका तार मन्त्रीले नै काटिदिए, तार हटाउने अभियान देशभर

अनुमति नलिई टाँगिएका तार मन्त्रीले नै काटिदिए, तार हटाउने अभियान देशभर

१८ भदौ / खगेन्द्र खरेल
सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौं उपत्यकामा अनुमति नलिई टाँगिएका विभिन्न सेवाप्रदायक तथा व्यापारिक संस्थाका तार काट्ने अभियान सुरु गरेको छ । अव्यस्थित तारका कारण सडक दुर्घटना बढेको र शहरको सौन्दर्यसमेत बिगारेको भन्दै मन्त्रालयले अनुमति विना टाँगिएका तार काट्न सुरु गरेको हो ।

सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको माइतीघर मण्डलाबाट आइतबार बिहान तार काटेर अभियान सुरुवात गरे । उनले नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले राखेका पोलमा विना अनुमति, करसमेत नतिरी जथाभावी अनियन्त्रित रुपमा तार राखेर शहरको सौन्दर्य बिगारेकाले यसलाई अभियानकै रुपमा देशभर अघि बढाइने बताए ।

अनियन्त्रित रुपले राखिएका तारका कारण राज्यलाई वार्षिक अर्बौं रुपैयाँ नोक्सानी भएको उनको भनाइ थियो । यसअघि मन्त्री बस्नेतले स्वीकृति नलिइ राखिएका अव्यवस्थित तार हटाउन निर्देशन दिइसकेका छन् । मन्त्री बस्नेतले दिएको निर्देसन सम्बन्धित निकायले पालना नगरेकाले आइतबारबाट तार काट्ने अभियान थालिएको हो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *