Tuesday , 19 September 2017
Home / खेलकुद / उत्कृष्ट खेलाडीको मनोनयन सार्बजनिक

उत्कृष्ट खेलाडीको मनोनयन सार्बजनिक

१८ भदौ / खगेन्द्र खरेल
पल्सर स्पोट्र्स अवार्डमा उत्कृष्ट खेलाडीको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार सार्वजनिक गरेको छ । पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, क्रिकेटर शरद भेषावकर, ब्याडि्मन्टनका रत्नजीत तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन् ।

महिलातर्फ फुटबलकी सावित्री भण्डारी, एथ्लेटिक्सकी कान्छिमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, एथ्लेटिक्सकी सरस्वती भण्डारी र बाडि्मन्टनकी नङशलादेवी तामाङ उत्कृष्ट खेलाडीको मनोनयनमा परेकी छन् । उत्कृष्टको मनोनयनमा परेकी रत्नजीत र नङशल दिदी भाइ हुन् ।

यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलका मेघराज केसी, ब्याडमिन्टनका किरण थापा, क्रिकेटका जगत टमाटा, फुटबलका ग्योतोकु कोजी र एथ्लेटिक्सका पुष्पराज ओझा छन् ।

Check Also

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

१ असोज / खगेन्द्र खरेल इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *